काठमाडौं, साउन २ — निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ। पहिरो खस्दा ६ वटा प्रमुख राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अवरुद्ध हुने सडकमा खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, अरनिको राजमार्गको भोटेकोशी–जिरोकिलो खण्ड तथा कालीगण्डकी करिडोर रहेका छन्। सडक खुलाउने प्रयास जारी रहेको छ।
उता, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टासम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नदी, खोलानाला आसपासका बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।








Add Comment