कपिलवस्तु, साउन २ — कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित सशस्त्र चेकपोस्ट नजिक पूर्व–पश्चिम राजमार्गमा कारले चारवटा सवारीसाधनलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १४ च ९००० नम्बरको कारले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएपछि अनियन्त्रित भई ई–रिक्सा, अटो र मोटरसाइकललाई समेत ठक्कर दिएको हो।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये केहीको सञ्जीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य केही घाइते उपचारपछि घर फर्किएका छन्।
दुर्घटनामा संलग्न कार, अन्य सवारीसाधन तथा कार चालक ६६ वर्षीय सुनिलकुमार क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।








Add Comment