काठमाडौं, साउन ३ — राजधानीको टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोरमैला संकलन केन्द्र नजिक आइतबार दिउँसो प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले गोली प्रहार गरेको जनाएको छ।
प्रहरीका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनामा घाइतेसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार घटनास्थलमा लागूऔषध कारोबार भइरहेको सूचनापछि प्रहरी टोली पुगेको थियो। त्यसक्रममा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment