Post Views: 6
काठमाडौं, साउन ३ — आइतबार दिउँसो रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४:३० बजे रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुम पूर्व आसपासका जिल्लासँगै काठमाडौं उपत्यकाका केही स्थानमा पनि महसुस गरिएको छ। हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
सम्बन्धित निकायले भूकम्पपछि सम्भावित क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।








Add Comment