समाचार

झापामा २२.१५ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

झापा, साउन ४ — झापाको दमक नगरपालिका–१ हवल्दारचोकस्थित एक टपरी होटलबाट २२.१५ ग्राम खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा इलामको चुलाचुली गाउँपालिका–४ निवासी ३५ वर्षीय पूर्णकुमार राईको साथबाट २२.१५ ग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको हो।

प्रहरीले राईलाई नियन्त्रणमा लिएको छ। साथै, उनको साथबाट एउटा मोबाइल फोनमे १० प ३९७० नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।