समाचार

विराटनगरमा कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ

मोरङ — मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट प्रहरीले कटुवा पेस्तोल र विभिन्न लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन ६ गते राति करिब १२:१० बजे कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले स्थानीय ५९ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा एक थान कटुवा पेस्तोल, ८.४८ किलोग्राम गाँजा तथा ३ ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको हतियार र लागूऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।