झापा — झापाको दमक नगरपालिका–१, सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको विवादले दुःखद रूप लिँदा एक महिलाको हत्या भएको छ भने त्यसलगत्तै श्रीमानले आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच सामान्य विवाद हुँदा झगडा भएको थियो। सोही क्रममा धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।
घटनापछि धनबहादुर घरकै अर्को कोठामा रहेको सिलिङ फ्यानमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए।
गम्भीर अवस्थामा रहेका दुवैलाई उपचारका लागि दमक अस्पताल लगिएको भए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








Add Comment