स्पोर्ट-मनोरञ्जन

कम्बोडियामा नेपालको ऐतिहासिक सफलता, सुष्मा चौधरीले जितिन् स्वर्ण पदक

काठमाडौं — नेपाली खेलाडी सुष्मा चौधरीले कम्बोडियामा सम्पन्न छैटौं कुन खमेर (Kun Khmer) विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएकी छन्।

विश्वका विभिन्न देशका खेलाडी सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुष्माले नेपालका लागि स्वर्ण पदक जितेकी हुन्। उनको यो उपलब्धिलाई नेपाली खेलकुदका लागि ऐतिहासिक सफलताका रूपमा हेरिएको छ।

सुष्माको जितसँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा गौरवका साथ फहरिएको छ। खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनको सफलताप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन्।