काठमाडौं — तेह्रथुमको आठराई नगरपालिका–६, सिमखर्कमा एक महिलाको हत्या भएको छ।
प्रहरीका अनुसार स्थानीय ५१ वर्षीया रूपा लिम्बूको बुधबार राति खुकुरी प्रहारबाट हत्या भएको हो। सोही स्थानका ३८ वर्षीय कृष्णबहादुर लिम्बूले राति करिब ११ बजे घाँटीमा खुकुरी प्रहार गर्दा रूपा लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आरोपीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।







Add Comment