समाचार

झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ

सुनसरी — झुम्का कारागारबाट फरार रहेका लागुऔषध तथा जबर्जस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन्।

प्रहरीका अनुसार २०८२ भदौ २४ गते झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका–८ निवासी ३० वर्षीय नविन भन्ने किशोर राईलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको हो।

राईविरुद्ध लागुऔषध तथा जबर्जस्ती करणी मुद्दा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको छ।