समाचार

लहानमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीको गोली, २ जना घाइते

सिरहा — सिरहाको लहान नगरपालिका–३, अस्पताल चोकमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ।

बिहीबार काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले छ जनालाई नियन्त्रणमा लिने क्रममा प्रतिरोध भएपछि गोली चलाउनुपरेको जनाएको छ।

प्रहरीको गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने घाइतेहरूको विस्तृत पहिचान सार्वजनिक हुन बाँकी छ।