काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा तथा नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको आयोजनामा शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले लोकतान्त्रिक मूल्य–मान्यता, स्वतन्त्र पत्रकारिता र नागरिक अधिकारको संरक्षणका लागि सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।











Add Comment