समाचार

आज राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको विकसित परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। सम्बोधनको तयारी भइरहेको स्रोतले जनाएको छ।

सम्बोधनको समय र अन्य विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।