काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा अवधिमा वीरगञ्ज महानगरपालिकाअन्तर्गत प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेट क्षेत्रभित्र पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ।








Add Comment