काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराईका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि देखिएको तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, एकता र शान्ति कायम राख्न सबैलाई अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपाली समाजको पहिचान आपसी सहअस्तित्व, सद्भाव र सहकार्य रहेको उल्लेख गर्दै सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्।
देउवाले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले हिंसा थप फैलिन नदिन सरकारलाई सबै राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक र प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन्।








Add Comment