काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका विभिन्न क्षेत्रमा विकसित पछिल्लो परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग जानकारी लिँदै राजनीतिक दलसहित सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक अवस्था सामान्य बनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक शीतलनिवास पुगेका शाहले सुनसरी घटनापछि देशभर विकसित सुरक्षा अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न र शान्ति–सुरक्षा सुनिश्चित गर्न सरकारलाई प्रभावकारी रूपमा अघि बढ्न आग्रह गरेका हुन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। दुवैबीच करिब १५ मिनेट छलफल भएको थियो।








Add Comment