काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवलाई बोल्न समय दिएका थिए। यादवले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे संसद्मा स्पष्ट जवाफ आउनुपर्ने माग दोहोर्याए।
प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधिसभामा भारतसँगको सीमा विवाद, लिपुलेक–लिम्पियाधुरा र नेपाल–भारत दुवै पक्षबाट सीमा अतिक्रमण भएको विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन्।
विपक्षी दलहरूको भनाइ अनुसार प्रधानमन्त्रीले हालसम्म उक्त विषयमा संसद्मा स्पष्टिकरण नदिएकाले आजको बैठकमा पनि सोही विषयलाई लिएर विरोध जारी राखिएको हो।








Add Comment