काठमाडौँ । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत माग पूरा गराउन भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघले तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय भएको जानकारी दिएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार विगतदेखि उठाउँदै आएका मागसँगै समसामयिक शैक्षिक तथा पेसागत मुद्दालाई समेटेर आन्दोलन गरिनेछ।
आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यदल बैठकलाई प्रत्यायोजन गरिएको महासंघले जनाएको छ। परिषद् बैठकले आन्दोलनसहित १५ बुँदे निर्णयसमेत सार्वजनिक गरेको छ।