काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको विविधताबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्यलाई थप मजबुत बनाउने बताएका छन्।
विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता नै राष्ट्रिय सौन्दर्य र शक्तिको आधार भएको उल्लेख गरेका हुन्।
उनले संविधानले सबै समुदायका लागि समान अधिकार, समावेशी सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता गरेको बताएका छन्। साथै, समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैमा आह्वान गरेका छन्।
ओलीले विविधताबीचको एकता र सहकार्यलाई राष्ट्रिय विकास तथा समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।








Add Comment