समाचार

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार काठमाडौँ ल्याइँदै छ।

गत साउन १४ गते भएको हिमपहिरोमा परी निधन भएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोही घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने यसअघि नै साउन २१ गते नेपाल ल्याइसकिएको छ।

हिमपहिरोमा परेका थप एक नेपालीसहित एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव अझै उद्धार गरी नेपाल ल्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।