काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदै छन्।
देउवा स्वदेश फर्किने अवसरमा कांग्रेसको संस्थापनइतर समूहले बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ।
कांग्रेसको राष्ट्रिय भेलाका लागि गठित सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतमा बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिएकी छन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार मध्याह्न साढे १२ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। उनी थाई एयरको उडानमार्फत स्वदेश फर्किन लागेका हुन्।
देउवाको लामो समयपछि हुने स्वदेश फिर्तीलाई कांग्रेसभित्र राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ।








Add Comment