काठमाडौं । एलपी ग्यास लिन काठमाडौंको बालाजु क्षेत्रमा उपभोक्ताको ठूलो भीड लागेको छ। ग्यास सिलिन्डर बोकेर बिहानैदेखि लाइनमा बसेका उपभोक्ताहरूले लामो समय बितिसक्दा पनि आफ्नो पालो नआएको गुनासो गरेका छन्।
उपभोक्ताहरूका अनुसार बिहानैदेखि लाइनमा बसे पनि दिउँसोसम्म ग्यास पाउने निश्चित नभएको अवस्था छ। लामो समय लाइनमा बस्नुपर्दा सर्वसाधारणलाई सास्ती भएको उनीहरूको भनाइ छ।
नेपाल आयल निगम र ग्यास व्यवसायीहरूले आपूर्ति सामान्य रहेको बताइरहे पनि बालाजुमा देखिएको उपभोक्ताको भीडले बजारमा ग्यास पाउन अझै सहज नभएको देखाएको छ।








Add Comment