समाचार

गण्डकीमा सडक सुरक्षा सुधारका लागि उच्चस्तरीय कार्यशाला सम्पन्न, केही तस्बिरहरू

पोखरा । गण्डकी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारका विषयमा उच्चस्तरीय प्रादेशिक कार्यशाला सम्पन्न भएको छ।

राष्ट्रिय सडक सुरक्षा कार्ययोजना (NRSAP) २०२१–२०३० को कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यशालामा प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय, सरकारी अधिकारी, सडक सुरक्षा विज्ञ र विकास साझेदारहरूको सहभागिता रहेको थियो।

कार्यशाला राष्ट्रिय सडक सुरक्षा परिषद्, गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालय र एसियाली विकास बैंकको संयुक्त आयोजनामा भएको हो।

तस्बिर : 2SD VIDEO PRODUCTION, POKHARA