काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असमझदारी हटाउन आफूले निरन्तर संवाद र पहल गर्ने बताएका हुन्।
महाधिवेशनको कार्यतालिका तथा संगठनसम्बन्धी विषयमा देखिएको विवाद समाधानका लागि आफू अझै केही समय छलफलमै रहने उनको भनाइ छ। उनले पार्टीका विभिन्न पक्षबीच सहमति कायम गर्न आगामी १५ देखि २० दिनसम्म निरन्तर प्रयास गर्ने बताएका छन्।
थापाले कांग्रेसलाई थप बलियो बनाउन आन्तरिक एकता आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई साझा धारमा ल्याएर महाधिवेशन अघि बढाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्।
पछिल्लो समय महाधिवेशनको मिति र प्रक्रियालाई लिएर कांग्रेसभित्र विभिन्न पक्षबीच मतभेद देखिँदै आएको छ। यही विवाद समाधान गर्दै सहमतिको वातावरण बनाउन सभापति थापाले संवादलाई प्राथमिकता दिएका हुन्।








Add Comment