समाचार

सांसदका प्रश्नको जवाफ दिन संसद् जाने तयारीमा प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी साता प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारी भएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहलाई संसद्को प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउने तयारी भइरहेको छ। यसका लागि प्रतिनिधिसभाको आगामी बैठकमा प्रधानमन्त्रीको उपस्थितिको व्यवस्था मिलाइने भएको हो।

प्रधानमन्त्री शाहले संसद् उपस्थित भएर सरकारका कामकारबाही, पछिल्ला निर्णय तथा विभिन्न विषयमा सांसदहरूले उठाउने प्रश्नको जवाफ दिनेछन्।

प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा समेत चासो बढेको छ। यद्यपि प्रश्नोत्तरको औपचारिक कार्यतालिका तथा समयबारे संसद् सचिवालयबाट अन्तिम जानकारी आउन बाँकी रहेको बताइएको छ।