काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी गराइएको छ। बैठकमा विपद्पछिको अवस्थाबारे समीक्षा गर्दै अब चाल्नुपर्ने कदमका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाइएको छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई सक्रिय रूपमा परिचालन हुन आग्रह गरेका छन्। विपद्को समयमा प्रभावित नागरिकको सुरक्षा र तत्काल उद्धारलाई प्राथमिकतामा राख्न उनले निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले आ–आफ्नो जिम्मेवारीअनुसार सबैलाई बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न तथा उद्धार र राहत कार्यमा जुट्नसमेत अनुरोध गरेका छन्।
रसुवामा आएको बाढीका कारण भएको क्षतिको विस्तृत विवरण संकलन तथा प्रभावित क्षेत्रमा आवश्यक राहत र उद्धार कार्य जारी रहेको जनाइएको छ।








Add Comment