काठमाडौं । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
गृहमन्त्री सुदान गुरुङले फेसबुकमार्फत अर्को सूचना जारी नभएसम्म मुग्लिनसम्मको भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा उच्च जोखिम रहेकाले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
उनले खोज तथा उद्धार आवश्यक परेमा वा कुनै प्रकारको सहायता आवश्यक भएमा टोल फ्रि नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न अनुरोध गरेका छन्।
साथै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोक्नसमेत आग्रह गरिएको छ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई प्रशासनबाट जारी हुने थप सूचनाको पालना गर्न अनुरोध गरिएको छ।








Add Comment