काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित संघसंस्थालाई सहयोगका लागि आह्वान गरिएको छ।
प्राधिकरणले हेलिकोप्टर तथा ड्रोन सञ्चालनसँग सम्बन्धित सबै संघ, संस्था तथा निकायलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग आवश्यक समन्वय गरी खोज तथा उद्धार कार्यमा सहयोग गर्न विशेष अनुरोध गरेको छ।
बाढीका कारण प्रभावित तथा सम्पर्कविहीन नागरिकको खोजी, उद्धार र राहतमा हवाई साधनको प्रयोग महत्वपूर्ण हुने भएकाले सम्बन्धित संघसंस्थालाई स्थानीय प्रशासनसँग समन्वय गरी तत्काल सहयोगमा जुट्न आग्रह गरिएको हो।
प्राधिकरणले उद्धार कार्यलाई व्यवस्थित बनाउन सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरेर मात्र परिचालन हुनसमेत अनुरोध गरेको छ।









Add Comment