समाचार

नेपालको बाढीप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।

प्रधानमन्त्री मोदीले बाढीमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन्।

उनले विपद्को यस कठिन समयमा नेपाललाई आवश्यक सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको उल्लेख गरेका छन्। साथै, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन दुवै देशका सम्बन्धित टोलीबीच नजिकबाट समन्वय भइरहेको जानकारी दिएका छन्।

नेपालमा पछिल्लो समय आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्य जारी रहेका बेला छिमेकी मुलुक भारतले सहयोगको प्रतिबद्धता जनाएको हो।