काठमाडौं । भारत सरकारले नेपालका बाढी प्रभावित नागरिकका लागि पठाएको १० टन राहत सामग्री तथा औषधि हिजो राति नै प्रभावित क्षेत्रमा पुर्याइएको छ।
राहत सामग्री नेपाली सेनाका ११ वटा ट्रकमार्फत बाढी प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
राहत सामग्रीमा आवश्यक औषधि तथा विपद् प्रभावित नागरिकका लागि आवश्यक अन्य सामग्री समावेश रहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्य जारी रहेका बेला भारत सरकारले पठाएको राहत सामग्री प्रभावित नागरिकसम्म पुर्याउने कार्य अघि बढाइएको छ।
नेपाली सेनाले राहत सामग्रीलाई प्रभावित क्षेत्रमा सुरक्षित रूपमा पुर्याउन आवश्यक व्यवस्थापन गरिरहेको छ।








Add Comment