काठमाडौं । बलिउड अभिनेता सोनु सूदले नेपालमा आएको बाढी तथा विपद्प्रति दुःख व्यक्त गर्दै नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै सूदले “नेपाल, तपाईंहरू एक्लो हुनुहुन्न। हामी खाना, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने शक्ति लिएर आउँदैछौँ” भन्ने भाव व्यक्त गरेका छन्।
नेपालमा बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला भारतीय अभिनेता सूदले सहयोगको प्रतिबद्धतासहित नेपाली नागरिकलाई हौसला दिएका हुन्।
उनको उक्त सन्देशपछि सामाजिक सञ्जालमा नेपालप्रति देखाएको सद्भाव र सहयोगको प्रतिबद्धताको चर्चा भइरहेको छ।








Add Comment