समाचार

रसुवा भोटेकोशी बाढी : खोज, उद्धार तथा राहतसम्बन्धी एकीकृत सूचना पोर्टल सञ्चालनमा

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत व्यवस्थापन कार्य जारी रहेको छ।

बाढी प्रभावित क्षेत्रसम्बन्धी एकीकृत सूचना तथा जानकारी प्राप्त गर्न र आवश्यक परे उद्धारका लागि अनुरोध गर्न सरकारले विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।

प्रभावित नागरिक तथा उनीहरूका परिवारले उद्धारसम्बन्धी अनुरोध र आवश्यक जानकारीका लागि सरकारी उद्धार सूचना पोर्टल प्रयोग गर्न सक्नेछन्।

यसका साथै, बाढीसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट फेसबुक तथा अन्य सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत जारी हुने सूचनामा ध्यान दिन अनुरोध गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा हाल खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्य निरन्तर जारी रहेको जनाइएको छ।

आधिकारिक उद्धार पोर्टल: यहाँ क्लिक गर्नुहोस्