काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी रहेको छ।
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा आवश्यक र महत्त्वपूर्ण निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो।
बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।
त्यस्तै, बाढीका कारण क्षति पुगेका सडक, पुललगायतका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने विषयमा पनि बैठक केन्द्रित रहने बताइएको छ।
रसुवा बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहँदा सरकारले पुनर्निर्माण तथा दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक निर्णय गर्ने तयारी गरेको छ।








Add Comment