स्पोर्ट-मनोरञ्जन

ब्रेकिङ : रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ सिजन ५ को फाइनलमा, जितपछि नेपालका बाढी–पहिरो पीडितलाई सहयोगको अपिल

काठमाडौं । नेपाली फाइटर रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ सिजन ५ अन्तर्गत सेमिफाइनलमा विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनलमा कासिब मुर्डोकलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका ढाँटले जितपछि नेपालमा बाढी तथा पहिरोका कारण उत्पन्न कठिन परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्।

जितपछि उनले भने, “अहिले नेपालमा धेरै नै गाह्रो अवस्थाहरू भइरहेछ, बाढी र पहिरो गर्दाखेरि। प्लीज, आफू–आफ्नो ठाउँबाट जति सक्नुहुन्छ सहयोग गरिदिनुहोला।”

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले अपिल गरेका छन्।

रविन्द्र ढाँटको फाइनल प्रवेशसँगै नेपाली खेलकुद क्षेत्रमा उत्साह थपिएको छ। अब उनी ‘रोड टु यूएफसी’ सिजन ५ को उपाधिका लागि फाइनल प्रतिस्पर्धामा उत्रनेछन्।