धर्म-संस्कृति

गाईजात्राको अवसरमा बसन्तपुरमा बाढी र दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली

काठमाडौं । गाईजात्राको अवसरमा आज काठमाडौंको बसन्तपुर क्षेत्रमा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। नेपाल स्काउट, नेपाली सेना, नेपाल प्रहरी, नेपाल ट्राफिक प्रहरी तथा काठमाडौं महानगरपालिकाका प्रतिनिधिलगायतको सहभागितामा कार्यक्रम गरिएको हो।

गाईजात्राको अवसर पारेर हालसम्म नेपालमा विभिन्न दुर्घटना तथा विपद्मा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा “आत्माप्रति सम्मान, जीवनप्रति प्रेम” भन्ने सन्देशसहित दीप तथा मैनबत्ती प्रज्वलन गरी मृतकहरूप्रति सम्मान व्यक्त गरिएको थियो।

विशेषगरी हालैको बाढी तथा अन्य प्राकृतिक विपद्मा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा सहभागीहरूले मौन श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए।

गाईजात्रा दिवंगत व्यक्तिहरूको सम्झना गर्ने पर्वका रूपमा मनाइने भएकाले यस अवसरमा विभिन्न दुर्घटना र विपद्मा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

तस्बिर तथा स्थलगत रिपोर्ट : eheraldpost