नुवाकोट । बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नुवाकोटको बेत्रावतीमा ठूलो संख्यामा शव फेला परेको छ। विदुर नगरपालिका–१० स्थित एक घरबाट मात्रै २४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार सुरक्षाकर्मीले खोजी गर्ने क्रममा उक्त घरबाट शवहरू फेला पारेका हुन्।
प्रहरीका अनुसार बरामद शवमध्ये १३ जना महिला, ११ जना पुरुष र एक बालक छन्। उनीहरूको पहिचान भने अहिलेसम्म हुन सकेको छैन।
फेला परेका सबै शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनामा थप मानिसहरू बेपत्ता भए/नभएकोबारे समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।








Add Comment