विविध

रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान

रसुवा । रसुवाको टिमुरे क्षेत्रमा नदीको अवस्था तथा सम्भावित बाढीको जोखिम प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ।

क्यामेरामार्फत नदीको बहाव तथा बाढीको अवस्थालाई निरन्तर प्रत्यक्ष रूपमा निगरानी गर्न सकिनेछ।

यस प्रणालीले नदीको जलस्तरमा आउने परिवर्तन तथा सम्भावित जोखिमको समयमै जानकारी प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, विपद् जोखिम न्यूनीकरण, पूर्वसतर्कता तथा आवश्यक उद्धार र व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन पनि यसले सहयोग गर्नेछ।

टिमुरे तथा आसपासका क्षेत्रमा नदीको अवस्थामाथि निरन्तर निगरानी राख्दै सम्बन्धित निकायले आवश्यकताअनुसार थप कदम चाल्ने जनाइएको छ।