विविध

उद्धारका लागि भारतबाट नेपाल आयो ११ सदस्यीय विशेष टोली

काठमाडौं । नेपालमा विपद्पछि जारी उद्धार तथा राहत अभियानमा सहयोग गर्न भारतले ११ सदस्यीय विशेष उद्धार टोली नेपाल पठाएको छ।

विशेषीकृत उद्धार उपकरणसहित आएको टोलीले आवश्यकताअनुसार उद्धार कार्यमा सहयोग गर्नेछ। भारतले टोलीसँगै नेपालका प्रभावितका लागि ५.५ टन अत्यावश्यक औषधि समेत पठाएको छ।

विपद्को कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन भारतबाट टोली र आवश्यक सामग्री नेपाल ल्याइएको हो।