विविध

बाढीपछि ३० वर्षीया शारदा पाण्डे ५ दिनदेखि सम्पर्कविहीन

नुवाकोट । नुवाकोटको बट्टार घर भएकी ३० वर्षीया शारदा पाण्डे विगत पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन्।

पाण्डे NMB लघुवित्त वित्तीय संस्था, बेत्रावती, नुवाकोट मा कार्यरत रहेको परिवारले जनाएको छ। परिवारका अनुसार बेत्रावतीस्थित उनको कार्यस्थल आसपास उनको अन्तिम पटकको लोकेसन रहेको थियो।

बाढीपछि उनीसँग परिवारको सम्पर्क हुन नसकेको र पाँच दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको जनाइएको छ।

उनका श्रीमान् विवेक पन्त तथा परिवारजन उनको खोजीमा रहेका छन्। परिवारले सम्भावित स्थानहरूमा खोजी कार्य जारी रहेको जनाएको छ।

शारदा पाण्डेलाई कसैले देख्नुभएको वा उनको अवस्थाबारे कुनै जानकारी भएमा निम्न सम्पर्क नम्बरमा जानकारी दिन सकिने परिवारले जनाएको छ।

सम्पर्क नम्बर:
९८४१०८९०९९
९८४१०८९०९८
९८६३६६५४६३