काठमाडौं । दशरथ रंगशालामा शनिबार बिहान बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजनामा बुद्धवीर लामा ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भेट्रानदेखि युवा तथा बालबालिकासम्मका खेलाडीले उत्साहजनक सहभागिता जनाएका छन्।
प्रतियोगितामा विभिन्न ३५ वटा विद्यालयका विद्यार्थीसहित कुल २४५ जना खेलाडी सहभागी भएका थिए। नेपालका विभिन्न स्थानबाट आएका खेलाडीका साथै चीन, जापानलगायत देशका खेलाडीले समेत प्रतियोगितामा सहभागिता जनाएका थिए।
प्रतियोगितामा अन्डर–१६ छात्र, अन्डर–१६ छात्रा, खुला तथा भेट्रान विधामा प्रतिस्पर्धा गराइएको थियो। भेट्रान पुरुषतर्फ सुनिल महारजनले २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे। भीमबहादुर गुरुङ दोस्रो तथा सुमन डंगोल २२ मिनेट ४८ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए।
भेट्रान महिलातर्फ कल्पना महारजनले २५ मिनेट ५ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। शारदा राई दोस्रो र मीरा राई तेस्रो भइन्।
अन्डर–१६ छात्रतर्फ अभिराम डंगोलले २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे। विक्रम गोले दोस्रो र शेरबहादुर शाही तेस्रो भए।
अन्डर–१६ छात्रातर्फ शर्मिला गोलेले २३ मिनेट २१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन्। सुजिना रामदाम दोस्रो र नमुना ठाकुरी तेस्रो भइन्।
त्यस्तै, खुला पुरुषतर्फ आयुष चाम्लिङ राईले १९ मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे। रोबियर गुरुङ दोस्रो र सुशन राई तेस्रो भए।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई बैकुण्ठ मानन्धर र बुद्धवीर लामाले मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए। कार्यक्रममा बैकुण्ठ मानन्धर प्रमुख अतिथि तथा जशु लामा विशेष अतिथिका रूपमा सहभागी थिए।
भेट्रान, युवा तथा बालबालिकालाई एउटै प्रतियोगितामार्फत सहभागी गराइएको यस दौडले खेलाडीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै नेपाली एथलेटिक्स क्षेत्रमा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

भेट्रान पुरुष


भेट्रान महिला












Add Comment