काठमाडौं । काठमाडौंको ठुलोभर्याङमा रहेको इन्टरनेसनल पिस एकेडेमीले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक दिवस मनाएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू सहभागी हुँदै बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। मृतकहरूको सम्झनामा मैनबत्ती बाल्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो।
कार्यक्रममा विद्यालय परिवारले प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सबैप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए। बालिएको मैनबत्तीले दिवंगत आत्माहरूको स्वर्गीय यात्रामा उज्यालो प्रदान गरोस् भन्ने भावनासहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले एकसाथ शोक व्यक्त गर्दै भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका छन्।
