रसुवा–भोटेकोशी बाढीपछिको राहत तथा उद्धारका लागि आश्रयस्थल निर्माणबारे छलफल

रसुवा–भोटेकोशी बाढीपछिको राहत तथा उद्धारका लागि आश्रयस्थल निर्माणबारे छलफल

काठमाडौं । रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गठित परिचालन टोली (Mobilization Team) अन्तर्गतका विभिन्न उप–समूहहरूको वृहत् बैठक सम्पन्न भएको छ।

बैठकमा आवास तथा आश्रयस्थल (Shelter/Camp) व्यवस्थापनसँगै खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी विषयमा छलफल गरिएको थियो। विशेषगरी बाढी प्रभावितका लागि निर्माण गरिने आश्रयस्थलको उपयुक्त स्थान छनोट, निर्माणस्थल तथा नमूना संरचनाका विषयमा बैठकमा विस्तृत छलफल भएको जनाइएको छ।

बैठकमा प्रभावित नागरिकलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न आवश्यक पूर्वाधार, आश्रयस्थलको नमूना संरचना तथा आधारभूत आवश्यकताको व्यवस्थापनबारे विभिन्न पक्षबाट सुझाव प्रस्तुत गरिएको थियो।

बाढीपछिको उद्धार तथा राहतलाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकले जोड दिएको छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply