खेलमा मिलेमतो र ठगीको आरोपमा एन्फाका दुई पदाधिकारी पक्राउ

खेलमा मिलेमतो र ठगीको आरोपमा एन्फाका दुई पदाधिकारी पक्राउ

काठमाडौं । खेलमा मिलेमतो तथा अनियमितता गरेको र ठगीसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइरहेको प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी तथा पदाधिकारीलाई पक्राउ गरेको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका ललितपुर महानगरपालिका–३ पुल्चोकका ६० वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेलका ५५ वर्षीय सन्जीब पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जोशी एन्फा सातदोबाटोमा कोषाध्यक्षका रूपमा कार्यरत छन् भने पाण्डे लेखा अधिकृतका रूपमा कार्यरत रहेको प्रहरी विवरणमा उल्लेख छ।

राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा नेपाल सरकार वादी र रविन्द्र जोशीसमेत प्रतिवादी रहेको मुद्दामा अनुसन्धान अघि बढाइएको हो।

पक्राउ परेका दुवै जनालाई २०८३ असोज ४ गते ललितपुर जिल्ला अदालतबाट पहिलोपटक चार दिनको म्याद थप गरिएको छ। अदालतबाट म्याद थप भएसँगै प्रहरीले घटनासँग सम्बन्धित थप विषयमा अनुसन्धान जारी राखेको जनाएको छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply