थानकोटमा असोज १७ गते १० माइलको ‘बैकुण्ठ मानन्धर क्रस कन्ट्री दौड’ हुँदै

थानकोटमा असोज १७ गते १० माइलको ‘बैकुण्ठ मानन्धर क्रस कन्ट्री दौड’ हुँदै

काठमाडौं । नेपाली एथलेटिक्सका चर्चित धावक बैकुण्ठ मानन्धरको नाममा आयोजना हुँदै आएको ‘बैकुण्ठ मानन्धर क्रस कन्ट्री दौड’ यस वर्ष पनि आयोजना हुने भएको छ।

‘स्वस्थ शरीर, सबल राष्ट्र’ भन्ने नारासहित आयोजना हुने दौड असोज १७ गते थानकोटको कोटघरदेखि चितलाङसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। १० माइल दूरीको दौड बिहान ६ बजे सुरु हुनेछ।

दौडमा सहभागी हुनका लागि रु. १ हजार ५०० दर्ता शुल्क तोकिएको छ। सहभागीले असोज १५ गतेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

आयोजकका अनुसार सहभागीलाई दौडका क्रममा पानी र जुस, साथै टी–सर्ट र बिब नम्बर उपलब्ध गराइनेछ। दौड सम्पन्न भएपछि सहभागीलाई मेडल प्रदान गरिने व्यवस्था पनि गरिएको छ।

दौडमा सहभागीहरूलाई फर्किने क्रममा यातायात सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।

स्वास्थ्य र शारीरिक सक्रियतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई आह्वान गरेको छ।

आयोजकले ‘दौडौँ स्वास्थ्यका लागि, समृद्ध नेपालका लागि’ भन्ने सन्देशसहित कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply