देशभर वर्षाले बढायो विपद्को जोखिम, सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाउन आग्रह

देशभर वर्षाले बढायो विपद्को जोखिम, सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा दिनभरदेखि निरन्तर वर्षा भइरहेको छ। अहिले पनि वर्षा जारी रहेकाले नदी तथा खोलानाला आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

लगातारको वर्षाका कारण नदी आसपासका क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानमा समस्या आउन सक्ने भएकाले अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

नदी तथा खोलानालाको किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नहिँड्न तथा सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित निकायले जिल्लावासीलाई सतर्क रहन र सुरक्षित रहन आग्रह गर्दै विपद्सम्बन्धी जानकारी लिन वा दिन १२३४ मा सम्पर्क गर्न भनेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply