बालेनसँग भेटे अस्ट्रेलियाली प्रधानमन्त्रीले, नेपालका लागि यस्तो प्रतिबद्धता

बालेनसँग भेटे अस्ट्रेलियाली प्रधानमन्त्रीले, नेपालका लागि यस्तो प्रतिबद्धता

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच भेटवार्ता भएको छ।

भेटका क्रममा अल्बानिजले नेपालमा पछिल्लो समय आएको विपद्बाट प्रभावितप्रति अस्ट्रेलियाको गहिरो सहानुभूति व्यक्त गर्दै उद्धार तथा मानवीय सहयोगमा अस्ट्रेलियाले गरिरहेका प्रयासबारे जानकारी गराएका छन्।

अल्बानिजले सामाजिक सञ्जालमा बालेन शाहसँगको भेटको तस्बिर सार्वजनिक गर्दै विपद्बाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन्। उनले अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति पनि आफ्नो सरकारको ध्यान रहेको बताएका छन्।

उनका अनुसार अस्ट्रेलियाले नेपालमा आवश्यक परेको क्षेत्रमा सहयोग पुर्‍याउने प्रयास जारी राख्नेछ। उनले नेपालसँग मिलेर प्रभावित क्षेत्रमा आवश्यक सहायता पुर्‍याउने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

यसअघि पनि अस्ट्रेलियाले नेपालमा भएको विपद्पछि मानवीय सहायता, उद्धार तथा खोजी कार्यमा सहयोग गर्दै आएको थियो। अस्ट्रेलियाले विशेषज्ञ ड्रोन टोलीसहित थप जनशक्ति नेपाल पठाउने र मानवीय सहायता बढाउने घोषणा गरेको थियो।

अल्बानिजले यसअघि नेपालमा भएको विपद्पछि ठूलो संख्यामा अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको र उनीहरूको परिवारलाई सहयोग गर्ने विषयमा आफ्नो सरकार केन्द्रित रहेको बताएका थिए।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply