बालेनको राष्ट्रसंघ सम्बोधनबारे गोकुल बाँस्कोटाले भने– ‘म रास्वपा होइन, देशको भावना बोले’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले समर्थन जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक नभए पनि प्रधानमन्त्री शाहले राष्ट्रसंघमा देशको भावना प्रस्तुत गरेको बताएका छन्।
उनले बालेनको सम्बोधन दृढ, सार्थक र जोडदार लागेको उल्लेख गर्दै खुसीसाथ समर्थन गरेको बताएका हुन्।
बाँस्कोटाले लेखेका छन्, “प्रधानमन्त्री बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले– मैले खुसी मनले समर्थन गरे।”
प्रधानमन्त्री शाहले महासभामा नेपालले भोगिरहेको जलवायु संकट, भोटेकोशी–त्रिशूली विपद्, जलवायु न्याय तथा हिमालय क्षेत्रमा नेपाल, भारत र चीनबीच सहकार्यको प्रस्तावलगायत विषय उठाएका थिए।