ताप्लेजुङ । आश्विन ८ गते ताप्लेजुङको दोभान बजारमा कपडा पसल, होटल तथा घरहरूमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय तहको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।
आगलागी फैलिन थालेपछि सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन भएर नियन्त्रणको प्रयास गरिएको थियो। संयुक्त प्रयासपछि आगो थप फैलिन नदिई नियन्त्रणमा लिन सफल भएको हो।
आगलागीबाट बजार क्षेत्रमा रहेका केही कपडा पसल, होटल तथा घरहरू प्रभावित भएका छन्। घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने सम्बन्धित निकायबाट संकलन भइरहेको छ।