चट्याङ लागेर घाइते जुम्लाकी महिलाको सेनाको हेलिकप्टरबाट उद्धार

चट्याङ लागेर घाइते जुम्लाकी महिलाको सेनाको हेलिकप्टरबाट उद्धार

जुम्ला । आश्विन ८ गते चट्याङ लागेर घाइते भएकी जुम्लाको गुठीचौर गाउँपालिका–५ की ५० वर्षीया महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।

चट्याङ लागेर घाइते भएपछि स्थानीयस्तरमा उपचार भइरहेको ती महिलालाई थप उपचार आवश्यक देखिएपछि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज पुर्‍याइएको हो।

नेपाली सेनाले विपद्का समयमा आवश्यकताअनुसार उद्धार तथा स्वास्थ्यसम्बन्धी सहयोगलाई निरन्तरता दिइरहेको जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply