जापानमा नेपाली महिला टोलीले रच्यो इतिहास, नेपाललाई थपियो अर्को पदक

जापानमा नेपाली महिला टोलीले रच्यो इतिहास, नेपाललाई थपियो अर्को पदक

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले महिला कबड्डीतर्फ कांस्य पदक जितेको छ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएपछि कांस्य पदकमै सीमित भएको हो। भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा १७–७ अंक थप्दै खेल आफ्नो पक्षमा पारेको थियो।

नेपालले समूह चरणमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हार बेहोरेको थियो। त्यसपछि निर्णायक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको थियो।

सेमिफाइनलमा पुग्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्ने नियमअनुसार नेपालले यसपटक पनि पदक पक्का गरेको थियो। यसअघि १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो।

जापानमा जारी प्रतियोगितामा यो नेपालले जितेको दोस्रो पदक हो। यसअघि करातेका तेन्जिङ शेर्पाले नेपालका लागि कांस्य पदक जितेका थिए।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply